साँवाब्याज फिर्ता माग्दै मिटरब्याजी साहु पनि आन्दोलनमा
कानुन बनाएर मिटरब्याजलाई रोक लगाउने र कारबाही अघि चलाउने सरकारको निर्णयपछि केही समयअघि पीडितले आन्दोलन र धर्ना कार्यक्रम फिर्ता लिएका थिए।
काठमाडौं, असार ६ : सरकारले कानुन बनाएर कारबाही प्रक्रिया अघि बढाइरहेका बेला मिटरब्याजी साहु आन्दोलनमा उत्रिएका छन् ।
कानुन बनाएर मिटरब्याजलाई रोक लगाउने र कारबाही अघि चलाउने सरकारको निर्णयपछि केही समयअघि पीडितले आन्दोलन र धर्ना कार्यक्रम फिर्ता लिएका थिए। मिटरब्याजी साहुले संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन्।
मिटरब्याजसम्बन्धी उजुरीमा जाँचबुझ र छानबिनको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने, आफूहरुको लगानीको साँवा र व्याज फिर्ता हुनुपर्ने, मिटरब्याजमा लेनदेन कारोबार सहज गर्नुपर्ने, प्रहरी प्रसासनको दमन वन्द गर्नुपर्ने, अदालतमा कपाली तमसुक मुद्दा दर्ता गर्नुपर्ने, मिटरव्याजसम्वन्धी अध्यादेश खारेज गर्नुपर्नेलगायत माग उनीहरुका छन्।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











