Kathmandu Press

नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा

नेपालमै भएको स्रोत र साधन परिचालन गरेर अर्गानिक मल कारखाना बनाउन सकिने उनको भनाइ थियो।
नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा

काठमाडाैं, असार ६ : माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले नेपालमा तत्कालका लागि अर्गानिक मल काखानाको आवश्यकता रहेको बताएका हुन्।

‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ। नेपालमा रासायनिक मल खारखानाको आवश्यक्ता छैन,’ माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्माले भने, ‘अर्गानिक मल कारखानाको आवश्यक्ता छ। हामीसँग भएका स्रोत, साधनहरुबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’ नेपालमै भएको स्रोत र साधन परिचालन गरेर अर्गानिक मल कारखाना बनाउन सकिने उनको भनाइ थियो।

त्यसका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने उनले बताए। उनले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराए। 

शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।
 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्