Kathmandu Press

आदिपुरुषमा रहेका केही शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको हाे : सञ्चारमन्त्री शर्मा

शर्माले स्टन्टमा भन्दा पनि दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत आफ्ना कुरा राखिसकिएको बताइन्।
आदिपुरुषमा रहेका केही शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको हाे : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, असार ६ : सञ्चारमन्त्री रेखा शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केही शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको जानकारी दिइन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी उनले भावनात्मक हिसाबमा सबै नेपाली एकै ठाउमा रहेको भन्दै भारतीय चलचित्र चल्न दिने वा नदिने भन्ने विषयमा सवैले क्षेत्राधिकार बुझ्नुपर्ने उल्लेख गरिन्।

शर्माले स्टन्टमा भन्दा पनि दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत आफ्ना कुरा राखिसकिएको बताइन्। त्यस्तै प्रवक्ता शर्माले सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्न सकिने भन्दै बजेट संशोधन हुँदैमा सरकार असफल भयो भनेर बुझ्न नहुने जिकिर गरिन्।

उनले यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि बजेट संशोधन भएको र अहिले पनि आवश्यकता परे बजेटमा संशोधन गर्न सकिने धारणा राखिन्। 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्