Kathmandu Press

मेयर बालेनको निर्णयविरुद्ध चलचित्र संघद्वारा रिट दायर 

हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो।
मेयर बालेनको निर्णयविरुद्ध चलचित्र संघद्वारा रिट दायर 

काठमाडौं, असार ६ : हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले बुधबार उच्च अदालतमा रिट दायर गरेको छ। 

हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो।

संघले बालेनको उक्त निर्णय गैरकानुनी रहेको बताउँदै रोक्न अन्तरिम आदेशको माग गरेको छ । हिन्दी चलचित्रमा रोक लगाउँदा फिल्म हल सञ्चालक मारमा परेको भनाई रिटमा छ।

रिटमा सुनुवाइका लागि बिहीबारको पेसी तय भएको छ।
 
प्रकाशित मिति: १६:३० बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्