जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
काठमाडाैं, असार ६ : जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ।
प्रकाशित मिति: १५:१४ बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार