Kathmandu Press

मुद्दा फिर्ता रोक्न उपप्रध्यापक चलाउने सर्वोच्चमा 

आफूलाई आक्रमण गर्ने व्यक्तिको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी रहेको दाबी चलाउनेको छ। सरकारको निर्णय तत्काल रोक्न चलाउनेले सर्वोच्च समक्ष अन्तरिम आदेशको माग गरेका छन्।
मुद्दा फिर्ता रोक्न उपप्रध्यापक चलाउने सर्वोच्चमा 

काठमाडौं, असार ६ : मुद्दा फिर्ता लिने सरकारको निर्णय रोक्न माग राखेर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। 

आफूलाई आक्रमण गर्ने व्यक्तिको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी रहेको दाबी चलाउनेको छ। सरकारको निर्णय तत्काल रोक्न चलाउनेले सर्वोच्च समक्ष अन्तरिम आदेशको माग गरेका छन्।

सर्वोच्चले रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तय गरेको छ। समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा आक्रमण गरी घाईते तुल्याइएको थियो।

मन्त्रिपरिषद बैठकले आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले विश्वविद्यालय परिषरमै आमरण अनसन थालेका थिए। मुद्दा फिर्ताको निर्णय काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेस भएको छ।
 
प्रकाशित मिति: १४:३२ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्