पूर्व बाल सेना सुरक्षा माग्न मानवअधिकार आयोगमा
बालसैन्य भर्नामा दुरुपयोग गरिएको बिषयमा सर्वोच्चमा दिएको रिट निवेदनमा आगामी असार १९ गते साधारण तारेख तोकिएको अबस्थामा दुव्र्यवहार हुने सूचना मिलेको पनि निवेदनमा उल्लेख छ।
काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाट आफूहरूलाई असुरक्षा उत्पन्न भएको बताउँदै पूर्व बालसेनाले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्।
पूर्व बालसेनाहरूको तर्फबाट लेनिन विष्टले आयोगमा बुधवार निवेदन दर्ता गरेका हुन्। मुद्दाको कारण देखाएर अदालत परिसर भित्र र बाहिर अनावश्यक हुल हुज्जत गरी आफू र परिवारका सदस्य समेतको जिउ धन र वैयक्तिक स्वतन्त्रताको असुरक्षा भएको दाबी उनीहरुको छ। बालसैन्य भर्नामा दुरुपयोग गरिएको बिषयमा सर्वोच्चमा दिएको रिट निवेदनमा आगामी असार १९ गते साधारण तारेख तोकिएको अबस्थामा दुव्र्यवहार हुने सूचना मिलेको पनि निवेदनमा उल्लेख छ।
निवेदनमा भनिएको छ, ‘हामी द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा प्रयोग गरिएका बालसेनालाई जनयुद्धको नेतृत्वकर्ताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई लगायतले सम्मानित सर्वोच्च अदालतमा उनीहरू बिरुद्ध मुद्दा हालेको भनी धाक धम्की दिने, ज्यानै मारी दिन्छौं, सफाया गर्छौं भन्ने, मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने, सम्मानित अदालत परिसर भित्र र बाहिर पनि अनावश्यक हुल हुज्जत गरी रहेकोले हाम्रो र हाम्रा परिवारको सदस्य समेतको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ।'
त्यसमा भनिएकाे छ, 'द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) द्वारा सञ्चालित ‘जनयुद्ध’ मा प्रयोग गरिएका आफुहरुलाई युद्धको नेतृत्वकर्ताद्वय ‘प्रचण्ड’ र भट्टराई लगायतले मुद्दा हालेको भन्दै धाक धम्की दिने, सफाया गर्छौं भन्ने, मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने, सम्मानित अदालत परिसर भित्र र बाहिर पनि अनावश्यक हुल हुज्जत गरी रहेकोले हाम्रो र हाम्रा परिवारको सदस्य समेतको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ।’












