Kathmandu Press

शून्य समयमा कसले के भने?

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भने, 'बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो।
शून्य समयमा कसले के भने?

काठमाडाैं, असार ६ : सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेका छन्। 

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भने, 'बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो।

अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ। त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस्।'

सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गरे। 

सांसद अनिसा नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो। सांसद अब्दुल खानले संविधानमा भएको मौलिक हकको कानुन नबन्दा महिला, दलित, मधेसीलगायत उत्पीडित समुदाय मारमा पर्ने गरेको भन्दै मौलिक हकको कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिए। 

सांसद अमरबहादुर थापाले सुर्खेतहुँदै दैलेख जाने बाटोलाई थप फराकिलो बनाउँदै व्यवस्थित गर्नुपर्ने बताए। सांसद अमरेशकुमार सिंहले विगत केही दिनदेखि नागरिकता नपाएको जन्मसिद्धको छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका धर्नाकर्मीप्रति सरकारले दमन गरेको भन्दै विरोध जनाए। 

सांसद अमृतलाल राजवंशीले चिया बगानका श्रमिकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। सांसद अर्जुन नरसिंह केसीले गुठी र विर्ता जग्गाको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे। 

सांसद अशोककुमार चौधरीले कृषि क्षेत्रमा कृषकले भोग्दै आएको मल, बिउ, लगायतका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए। सांसद आश्माकुमारी चौधरीले नेपालको कषि क्षेत्रलाई आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिए। उनले भने, 'जतापनि भ्रष्टाचार नै भ्रष्टाचार छ, किसानले समयमा मल र बीउ पाउन सकेका छैनन्, सरकारले पनि त्यसतर्फ चासो दखाएको छैन।'

सांसद ईश्वरबहादुर सिजालले दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–१ बेदिङमा टेलिकमको टावर स्थापनाको माग गरे। सांसद ईश्वरी घर्तीले रोल्पा जिल्लाका धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गरे। सांसद ईश्वरीदेवी न्यौपाने, सांसद अरुणकुमार चौधरी, अमृतादेवी अग्रहरी, अमरबहादुर रायमाझीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्