प्रतिनिधिसभामा सुदूरपश्चिम प्रदेशका कानून मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित
बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले सिंहको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो।
काठमाडाैं, असार ६ : प्रतिनिधिसभाको बैठकले सुदूरपश्चिम प्रदेशले आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले सिंहको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो।
गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।
बैठकमा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार