बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ, असार, ६: बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।
जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । मृतक दुवै पुरुष रहेको केसीले बताए ।
जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
प्रकाशित मिति: १०:२५ बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
