Kathmandu Press

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । 
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं, असार ६ : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । 

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । 

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो । 

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्