Kathmandu Press

नेपाल–चीन सिमाना चिन्ह अध्ययन गर्ने मन्त्रिपरिषदको निर्णय

नेपाल–चीन सिमाना चिन्ह अध्ययन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ५ः मन्त्रिपरिषदको बैठकले नेपाल–चीन सीमानाको तातोपानी झ्याङ्मोमा सीमा चिन्ह पुनःस्थापना गर्न अध्ययन टोली गठन गर्ने निर्णय गरेको छ ।

नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिन्ह स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापना गर्न विज्ञ संलग्न अध्ययन टोली गठन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । 

यस्तै, मन्त्रिपरिषद बैठकले धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय पनि गरेको छ । उक्त घर जग्गा अहिले पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको छ । 

यसैगरी, पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्