Kathmandu Press

कर फर्छ्याेट भ्रष्टाचारका अभियुक्तलाई ९ वर्ष जेल, जनही ४ अर्ब १० करोड जरिवाना 

विशेष अदालतका न्यायाधिशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजायसहित जरिवाना निर्धारण गरेको हो।
कर फर्छ्याेट भ्रष्टाचारका अभियुक्तलाई ९ वर्ष जेल, जनही ४ अर्ब १० करोड जरिवाना 

काठमाडौं, असार ५ : विशेष अदालतले राजश्वमा भ्रष्टाचार गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई नौ बर्ष जेल सजाय निर्धारण गरेको छ। 

विशेष अदालतका न्यायाधिशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजायसहित जरिवाना निर्धारण गरेको हो। अदालतले उनीहरुबाट दामाशाहीले कूल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार आठ सय ४७ रुपैयाँ बिगो भराउने ठहर समेत गरेको छ। 

महतलाई दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँ जरिवाना ठहर गरिएको छ। उनलाई नौ वर्ष एक महिना जेल सजाय कैद तोकिएको छ। ढकाललाई दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँ जरिवाना र नौ वर्ष जेल सजाय ठहर भएको छ। 

शर्मालाई दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैया जरिवाना र नौ वर्ष कैद ठहर भएको छ। 


 

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्