‘कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी ५ देखि ८ सिट र नेकपा एस शून्यमा आउँछन्’
नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगायत दलहरु अस्तित्वको संकटमा रहेको बताएका हुन्।
काठमाडाैं, असार ५ : एमाले सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्तित्वको संकटमा रहेको बताएका छन्।
नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगायत दलहरु अस्तित्वको संकटमा रहेको बताएका हुन्।
कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी पाँचदेखि आठ सिट र नेकपा समाजवादी शून्य सिटमा आउने अवस्था रहने उनले बताए।
उनले समाजवादी मोर्चाको कुनै औचित्य नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाउँ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे।
भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने पौढहरुको क्लब भएको बताए। उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे।
प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

