Kathmandu Press

बझाङ दुर्घटनाका दुई जना घाइतेको मृत्यु

दुर्घटनामा गंभिर घाइते बनेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको धनगढीमा उपचार हुननसकेपछि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ।
बझाङ दुर्घटनाका दुई जना घाइतेको मृत्यु

धनगढी, असार ५ : बझाङमा भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी गंभिर घाइते भएकी अमृतादेवी सिंह र जयादेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गंभिर घाइते बनेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको धनगढीमा उपचार हुननसकेपछि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ।

मृतक अमृतादेवी मन्त्री सिंहकी पत्नी र जयादेवी भाउजू रहेको जनाइएको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडास्थित कालंगा खोला किनारमा खसेको थियो।
 
प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्