मुलुकलाई अप्ठेरो पर्दा स्काउटले खेलेको भूमिका प्रसंशनीय : पूर्वराष्ट्रपति भण्डारी
मंगलबार काठमाडौंमा स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारी देखि प्राकृतिक बिपत्तीमा स्काउले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरिन्।
काठमाडाैं, असार ५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अप्ठेरो पर्दा नेपाल स्काउटले खेलेको भूमिकाको प्रसंशा गरेकी छन्।
मंगलबार काठमाडौंमा स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारी देखि प्राकृतिक बिपत्तीमा स्काउले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरिन्।
उनले कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्यारेन्टिन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान व्यक्त गरिन्।
सातै प्रदेशमा दक्ष विपत व्यवस्थापन टोली गठन भइ विपद प्रतिकार्यमा परिचालन भएको जानकारी पाउदा हर्ष लागेको उनले बताइन्।
उनले समाज रुपान्तरणमा युवा स्काउटले खेलेको भूमिकाले युवाहरुलाई सही दिशा देखाउन सफल भएको जिकिर गरिन्।
प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार