Kathmandu Press

दुर्घटनामा परेका मन्त्री दम्पतीको अवस्था अत्यन्त जटिल, नेपालगन्ज रिफर गरियो 

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा मन्त्री चढेको गाडी कालंगा खोला किनारमा खसेको थियो।
दुर्घटनामा परेका मन्त्री दम्पतीको अवस्था अत्यन्त जटिल, नेपालगन्ज रिफर गरियो 

धनगढी, असार ५ : सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ४ जनालाई धनगढीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको छ। 

दुर्घटनामा परी मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दीपक भण्डारी अचेत अवस्थामा छन्। दुर्घटनामा कारण मन्त्री दम्पतीको अवस्था अत्यन्त जटिल रहेको जनाइएको छ।

चालक धर्मराज जोशी पनि घाइते छन्। पाँचै जनालाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिको हो। 

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा मन्त्री चढेको गाडी कालंगा खोला किनारमा खसेको थियो।
 
प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्