Kathmandu Press

राष्ट्रपतिको मुटुको शल्यक्रिया गरियो  

मुटुमा समस्या उत्पन्न भएपछि गत शनिबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
राष्ट्रपतिको मुटुको शल्यक्रिया गरियो  

काठमाडौं, जेठ २ : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार दिउँसो दुई घन्टा लगाएर पौडेलको शल्यक्रिया गरिएको हो।  

मुटुमा समस्या उत्पन्न भएपछि गत शनिबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

मुटुको शल्यक्रियापछि ‘पेसमेकर’ राखिएको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

चिकित्सकले राष्ट्रपति पौडेलको चार दिनसम्म मुटुको चालको ‘मोनिटरिङ’ गरेपछि शल्यक्रिया गरेका हुन्।
हृदयाघातको उपचार गराएर गत बुधबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको मुटुमा पुनः समस्या देखिएपछि अस्पताल लगिएको थियो। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। गंगालालमा एन्जिओप्लास्टी गरेर मुटुको नसा खुलाइएको थियो।  


 

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्