Kathmandu Press

वर्तमान सरकारसँग आशावादी हुने ठाउँ कतै देखिएन : गोकुल बास्कोटा

मंगलबारको प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले बजेट विनियोजन प्रभावकारी नभएको अवस्थामा नागरिकहरू सरकारसँग कसरी आशावादी हुने ठाउँ नभएको बताएका हुन्।
वर्तमान सरकारसँग आशावादी हुने ठाउँ कतै देखिएन : गोकुल बास्कोटा

काठमाडौं, असार ५ : एमाले सांसद गोकुल बास्कोटाले वर्तमान सरकारसँग आशावादी हुने ठाउँ कतै नदेखिएको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले बजेट विनियोजन प्रभावकारी नभएको अवस्थामा नागरिकहरू सरकारसँग कसरी आशावादी हुने ठाउँ नभएको बताएका हुन्।

उनले केपी ओली प्रधानमन्त्री हुँदा राम्रो बजेट गए पनि अहिले त्यस्तो हुन नसकेको बताए। ओली प्रधानमन्त्री हुँदा तराईंका पालिकाहरुमा ५० करोडसम्म बजेट गएको तर अहिले ५ करोडदेखि ३६ करोडसम्म मात्र गएको दाबी उनले गरे।

सरकारसँग कुनै लक्ष्य र योजना नभएको जिकिर पनि उनले गरे। उनले आफ्नो गृह जिल्ला काभ्रेको पनौतीमा १२ वडा मात्रै भएपनि १३, १४ र १५ वडाका लागि पनि बजेट छुट्याइएको भन्दै सरकारको बजेट विनियोजन फितलो रहेको बताए। ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन्। १३ नम्बर वडा कहाँ पर्छ? १४ नम्बर वडा कहाँ पर्छ? १५ नम्बर वडा कहाँ पर्छ?’ उनले भने।

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए। आफ्नो रिसकै कारण बजेट काटिएको भए ‘कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ? भनेर बास्कोटाले प्रश्न गरे।  ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस्,’ उनले भने।

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्