Kathmandu Press

गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो।
गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते

बझाङ, असार ५ : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन्।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो।

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसदा मन्त्री सिंहसहित चारजना घाइते भएका छन्। चारजनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको जनाइएको छ।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्