Kathmandu Press

विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुको माग

सांसदहरुले ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरलगायतका जिल्लामा अत्यधिक वर्षाका कारण बाढीपहिरो आई क्षति भएकाले घरबारविहीनलाई तत्काल बासको प्रबन्ध गर्न, बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका हुन्। 
विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुको माग

काठमाडाैं, असार ५ : सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरलगायतका जिल्लामा अत्यधिक वर्षाका कारण बाढीपहिरो आई क्षति भएकाले घरबारविहीनलाई तत्काल बासको प्रबन्ध गर्न, बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका हुन्। 

सांसद शान्ति विकले हरेक वर्ष वर्षाका कारण मानवीय क्षति हुने र हाल ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकाले पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे। उनले पूर्वतयारीमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिए। 

सांसदहरु शेरबहादुर कुँवर, शान्ति चौधरी र सम्झना थपलिया, हितराज पाण्डे, हेमराज राई र ज्ञानेन्द्रबहादुर कार्कीले पनि पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढीपहिरोका कारण पीडित नागरिकलाई राहतको प्रबन्ध गर्न माग गरे। सांसद सूर्यबहादुर थापाले पीडितलाई दीर्घकालीन राहतको प्रबन्धको गर्न माग गरे। 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्