Kathmandu Press

आउने शुक्रबार प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

प्रश्नाेत्तरमा सहभागी हुन चाहने सांसदले आजै ५ बजेभित्र आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्ने बताइएको छ।
आउने शुक्रबार प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं, असार ५ : प्रतिनिधिसभामा आगामी शुक्रबार (असार ८ गते) प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी दिए।

प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको उनले बताए। यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउने उनले जानकारी दिए।

प्रश्नाेत्तरमा सहभागी हुन चाहने सांसदले आजै ५ बजेभित्र आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्ने बताइएको छ।

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्