Kathmandu Press

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ : गृहमन्त्री श्रेष्ठ

श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढिपहिरोका कारण १० जनाको मृत्यु , ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिए।
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं, असार ५ : केही दिनअघि पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण १० जनाको मृत्यु भएको भने २६ जना बेपत्ता भएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्राकृतिक प्रकोपका विषयमा जानकारी गराउदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढिपहिरोका कारण १० जनाको मृत्यु , ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिए।

बाढिपहिरोका कारण ५४ घर पूर्णरुपमा क्षति भएको उनले बताए। विपदको घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्धारका साथै बेपत्ताको खोजी कार्य तीव्र गरिएको उनले बताए। उनले अवरुद्ध सडक खुलाउन बेलिब्रिज निर्माण गर्ने कार्यलाई पनि अघि बढाइएको बताए।

प्रधानमन्त्री लगाएको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण तुम्लिङटारबाहेक अन्यत्र जान नसकिएको उहाले जानकारी दिए। 

प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्