अखण्ड भारतकाे नक्साबारे वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन
परराष्ट्रमन्त्री एनपी साउदले आज (मंगलबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई यस्तो जानकारी दिएका हुन्।
काठमाडौं, असार ५ : सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले आज (मंगलबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई यस्तो जानकारी दिएका हुन्।
भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायत नेपाली भूभागहरु पनि समेटिएपछि त्यसलाई लिएर नेपालमा भारतप्रति चर्को आलोचना भइरहेको छ।
भारतको त्यस्तो गतिविधिप्रति प्रतिवाद गर्न सरकारमाथि दबाब परेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा त्यसबारे प्रश्न नउठाएको भन्दै उनले संसदमा आलोचना खेप्नुपरेको थियो।
‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी एमालेले माग गरेको छ।
प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











