प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौं, असार ५ः प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने छ । आजको बैठकमा तीन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।
संघीय संसद् भवन, बानेश्वरमा बिहान ११ः०० बजेबाट बैठक सुरू भएको हो । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।
प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











