त्रिवि उपकुलपति कार्यालयमा उपप्राध्यापक चलाउने आमरण अनशनमा
आफूमाथि कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनशन सुरु गरेका छन्।
काठमाडौं, असार ४ : आफूमाथि कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनशन सुरु गरेका छन्। चलाउनेले सोमबार साँझबाटै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण थालेका हुन्।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि वि.सं २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थियो। आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ।
उक्त मुद्दाको मंगलबार पोसी तोकिएको थियो, तर मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगे पछि मुद्दा फिर्ता नलिन उनीसहितको टोली सोमबार जिल्ला अदालत पुग्ेको थियो । त्यहाँ होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई सोमबर दिउँसो पक्राउ गरेको थियो ।
प्रहरीले छाडे लगत्तै चलाउनेले मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावललगायतको मुद्दा फिर्ता नलिन माग गर्दै आमशरण अनशन सुरु गरेका हुन्।
उनले अहिलेसम्म धैर्य गरेर बसेको बताउँदै सबैबाटो बन्द गरिएपछि सत्याग्रह सुरु गरेको बताएका छन्।











