‘समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो’
परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे।
काठमाडौं, असार ४ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्तिविरुद्ध जुध्न मोर्चा स्थापित भएको बताए ।
समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अंग बनाएको बतए। ‘शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो,’ उनले भने।
परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे।
उनले समाजवादी मोर्चालाई वैज्ञानिक र परिवर्तकारी मार्ग भएको बताए। मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताए। अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गरे।