तनहुँमा पहिरोले परिँदा १ जनाको मृत्यु
सोमबार साँझ व्यास नगरपालिका गुणाधीस्थित सडकमा आएको सुख्खा पहिरोमा पुरिएर गम्भीर घाइते भएका ती व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।
तनहुँ, असार ४ : तनहुँको व्यास नगरपालिकामा पहिरोमा परी १जनाको मृत्यु भएको छ। सोमबार साँझ व्यास नगरपालिका गुणाधीस्थित सडकमा आएको सुख्खा पहिरोमा पुरिएर गम्भीर घाइते भएका ती व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।
सो पहिरोमा थप दुई जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान भने खुल्न सकेको छैन।
पहिरोमा पुरिएका तीनै जनालाई उद्धार गरी दमौली अस्पतालमा पुर्याएको थियो। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरू बाटो निर्माणको काम गरिरहेका मजदुर भएको बताइएको छ।
प्रकाशित मिति: १८:५८ बजे, सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











