समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी छैन : जसपा अध्यक्ष यादव
सोमबार काठमाडौंमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको स्पष्ट पारे।
काठमाडौं, असार ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको स्पष्ट पारे।
‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथी घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनुपर्दैन,’ उनले भने, ‘हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं।’
विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने यादवको भनाइ थियो। विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरे पनि आशंकालाई व्यवहारबाट गलत साबित गर्ने उनले बताए।
प्रकाशित मिति: १८:१९ बजे, सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार