Kathmandu Press

प्रतिगमनकाविरुद्ध विचारका लागि मोर्चा : माधव नेपाल 

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 
प्रतिगमनकाविरुद्ध विचारका लागि मोर्चा : माधव नेपाल 

काठमाडौं, असार ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार घोषणा गरिएको समाजवादी मोर्चा सिद्धान्त र विचारमा आधारित रहेको बताएका छन्।

प्रतिगमन पक्ष र परिवर्तनको विपक्षमा उभिनेहरुको विरुद्धमा मोर्चा हुने भनाई उनको छ। सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभामा नेपालले यस्तो भनाइ राखेका हुन्।

मन्तव्यकाक्रममा नेपालले भने, ‘हाम्रो यो मोर्चा स्वादको मोर्चा होइन, सिद्धान्तहिन मोर्चा होइन, विचारहिन मोर्चा होइन।

प्रतिगमनका विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने देशभक्त शक्तिहरुलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ ।’

मोर्चा बनाउँदा पापड बेल्नु परेको बताउँदै नेपालले शब्द शब्दमा छलफल गरेर मोर्चा बनाइएको पनि उनले बताए । 

प्रकाशित मिति: १७:५९ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्