Kathmandu Press

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

नेकपा समाजवादी पार्टी (नेसपा) सहभागी हुने भनिए पनि सो पार्टीका अध्यक्ष बाबुराम दाहालको उपस्थिति कार्यक्रममा देखिएन।
चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाडौं, असार ४ : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चा बनाएका हुन्। 

साेमबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चा घोषणा गरिएको हो। त्यसक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे र हालेमालो गरेर खुसी साटासाट गरे।

हस्ताक्षर गर्ने नेताहरुमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्म चन्द ‘विप्लव’ थिए। सो अवसरमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी पनि सहभागी थिए।     

सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ। नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ। आश्यकताअनुसार मोर्चालाई स्थानीय तहसम्म विस्तार गर्न सकिने जनाइएको छ।

नेकपा समाजवादी पार्टी (नेसपा) सहभागी हुने भनिए पनि सो पार्टीका अध्यक्ष बाबुराम दाहालको उपस्थिति कार्यक्रममा देखिएन।

प्रकाशित मिति: १७:३० बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्