Kathmandu Press

राजभण्डारीविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि राजभण्डारीले तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको पुष्टी भएको दाबीसहित मुद्दा दायर गरिएको हो।
राजभण्डारीविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा 

काठमाडौं, असार ४ : जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले तीन करोड ५६ लाख बराबर भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि राजभण्डारीले तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको पुष्टी भएको दाबीसहित मुद्दा दायर गरिएको हो।

अनुसन्धानबाट भण्डारी २०५१ साल ३० फागुनदेखि २०७९ भदौ ३१ सम्म सार्वजनिक सेवामा रहँदा सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा खर्च तथा लगानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त रकममध्ये तीन करोड ८५ लाख ५१ हजार सात सय ४० रुपैयाँ ४८ पैसा मात्र वैधानिक आय भएको अख्तियारको दाबी छ।
 
प्रकाशित मिति: १७:१४ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्