Kathmandu Press

विद्युतीय मिडियामाथि नियमन गर्न सांसद केसीकाे माग

सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्त रुपमा सञ्चालन गर्ने विधि खोज्न आग्रह गरे।
विद्युतीय मिडियामाथि नियमन गर्न सांसद केसीकाे माग

काठमाडाैं, असार ४ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्युतीय मिडियालाई प्रभावकारी बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै उनले प्रेस स्वतन्त्रतालाई कायम राख्दै अनलाइनलगायत मिडियामा तथ्यहीन सामग्री नभई आवाजविहीन जनताको आवाजलाई सशक्त र प्रभावकारी बनाउन नियमन गर्नुपर्ने बताए। 

सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्त रुपमा सञ्चालन गर्ने विधि खोज्न आग्रह गरे।

आधुनिक कम्युनिकेसन, कनेक्सन र कोल्याब्रेसनले विश्वलाई एउटै ग्राम बनाएको अवस्थामा त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको बजेट सीमित क्षेत्रलाई केन्द्रित गरिएको र आमरुपमा पक्षपातपूर्ण भएको टिप्पणी गरे।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्