Kathmandu Press

बेलायतकी राजदूतद्वारा स्वास्थ्यमन्त्रीसँग बिदाइ भेट

भेटमा ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने सिलसिलामा व्यवस्थीत रुपमा उपचारको व्यवस्था गर्नका लागि छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए।
बेलायतकी राजदूतद्वारा स्वास्थ्यमन्त्रीसँग बिदाइ भेट

काठमाडाैं, असार ४ : नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतसँग बिदाइ भेट गरेकी छन्।

सोमबार स्वास्थ्यमन्त्रालयमा भएको भेटमा दुईपक्षीय हित र सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो।

भेटमा ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने सिलसिलामा व्यवस्थीत रुपमा उपचारको व्यवस्था गर्नका लागि छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए। त्यस्तै बेलायतमा नर्सिङ म्यानपावर लैजाने तयारीका विषयमा पनि छलफल भएको उहाले बताए।

भेटका क्रममा विकासका आयोजना अन्तर्गत बेलायतले नयाँ कार्यक्रम दिन लागेको र त्यसलाई नेपालका कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि छलफल भएको मन्त्री बस्नेतले बताए। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्