Kathmandu Press

संसदमा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ : सांसद यादव

सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन्। 
संसदमा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ : सांसद यादव

काठमाडाैं, असार ४ : सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए।

'जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ,' उनले भने, 'बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ।'

सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उहाँले जोड दिए। 'माघको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम ल्याउने, फागुनको तेस्रो साता त्यसलाई परिमार्जनसहित पारित गर्ने, परिमार्जित नीति कार्यक्रमको जगमा उभिएर चैतको दोस्रो साता आगामी आवको बजेट ल्याएर पर्याप्त छलफल गरी जेठ मसान्तसम्म पारित गर्ने व्यवस्था मिलाउनुपर्छ,' सांसद यादवले भने। 

उनले बजेट विनियोजन गर्दा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। आगामी आवको बजेटमा आवश्यकता भएको ठाउँमा बजेट नै नराखिएको उनको दाबी छ।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्