ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सुरु
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्।
काठमाडाैं, असार ४ : नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। ‘श्रम शक्ति नै राष्ट्र शक्ति हो, श्रमको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौँमा सातौँ राष्ट्रिय महाधिवेशन सुरु भएको हो।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्। महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायतले सम्बोधन गर्नेछन्।
महाधिवेशनमा भाग लिन देशभरबाट एक हजारभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुग्नुभएको छ। महाधिवेशन असार ६ गतेसम्म चल्नेछ।
प्रकाशित मिति: १४:१७ बजे, सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











