Kathmandu Press

धर्ना बस्न पुगेका चलाउने अदालत परिसरबाटै पक्राउ 

जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइको पूर्वसन्ध्यामा चलाउने धर्ना बस्न अदालत परिषर पुगेका थिए। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
धर्ना बस्न पुगेका चलाउने अदालत परिसरबाटै पक्राउ 

काठमाडौं, असार ४ : आफूमाथि भएको सांघातिक हमलाका अभियुक्तहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना बस्न काठमाडौं अदालत पुगेका उपप्राध्यापक प्रेमबहादुर चलाउने पक्राउ परेका छन्।

जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइको पूर्वसन्ध्यामा चलाउने धर्ना बस्न अदालत परिषर पुगेका थिए। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

अदालतको फैसला समेत नकुरी सरकारले मुद्दा फिर्ताको निर्णय गरेको बताउँदै चलाउनेले धर्नाको तयारी गरिरहेका बेला पक्राउ परेका हुन्।

मुद्दा फिर्ताको निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालतमा दर्ता भइसकेको छ। अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयबाट पत्र गएलगत्तै जिल्ला सरकारी वकीलले अदालतमा पेश गरेको हो।

उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा आक्रमण भएको थियो। चलाउनेको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो। करिब ६ महिनाको उपचारपछि मात्रै उनी नियमित काममा फर्केका थिए। 

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्