Kathmandu Press

देशभरि राेकियाे चलचित्र ‘आदिपुरुष’को प्रदर्शन

नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सको निर्णयअनुसार सोमबारदेखि सो चलचित्रको देशव्यापी प्रदर्शन रोकिएको हो।
देशभरि राेकियाे चलचित्र ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं, असार ४ : नेपालभरि दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ। नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सको निर्णयअनुसार सोमबारदेखि सो चलचित्रको देशव्यापी प्रदर्शन रोकिएको हो।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको तीन दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए। उनको निर्देशनपछि आज हल व्यवसायीहरूले काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन्।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीहरूलेले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै फिल्म उतार्ने निर्णय गरिएको एक वितरकले बताए । हल व्यवसायीले फेसबुकमा स्टाटसकै भरमा फिल्म रोकेपछि अन्त चलाइरहनु जरुरी नभएको उनले बताए। आफूहरू कानुनी उपचारमा पनि नजाने उनले बताए।

सीता भारतकी छोरी हुन भन्ने विषयप्रति आफूहरु पनि असहमत रहेको वितरकहरुको भनाइ छ।
 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्