पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु
यस्तै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ। यस्तै, अर्का घाइते राजकुमार राईको अवस्था गम्भीर छ।
ताप्लेजुङ, असार ४ : ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ।
यस्तै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ। यस्तै, अर्का घाइते राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।
पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए।
मेहेलेका अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घर बगाएको छ ।
प्रकाशित मिति: ११:२२ बजे, सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











