Kathmandu Press

समाजवादी मोर्चाको घोषणा आज

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।
समाजवादी मोर्चाको घोषणा आज

काठमाडौं, असार ४ : समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (आज) गरिने भएको छ । राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो । 

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।

मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको छ । 

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो । 

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी गराउन छलफल जारी रहेको छ । 

समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् । 

 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्