Kathmandu Press

‘सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास’

खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रबाट समेत धेरै सहयोग प्राप्त भएको बताए।
‘सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास’
फाइल तस्बिर।

कास्की, असार ३ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन्। खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पारे।

खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रबाट समेत धेरै सहयोग प्राप्त भएको बताए।

‘खेलकुद क्षेत्रमा सरकारले मात्र सबै थोक गर्न सक्दैन। निजी क्षेत्रलाई समावेश गर्न नसके हामी अगाडि जान सक्दैनौँ । खेल  प्रर्द्धन, खेलाडीलाई सहयोग गर्ने धेरै हातहरु छन्, उनीहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो,’ उनले भने ्।

खेलकुदमन्त्री लिम्बूले आगामी डिसेम्बरमा चीन हुने १९औं एसियाली खेलकुदको तयारी सुरु भएको जानकारी दिए। उनले खेलाडीहरुको छनोट तथा प्रशिक्षणलाई पारदर्शी बनाइने प्रतिबद्धता जनाए।

‘एसियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको पारदर्शी रुपमा छनोट गरिने गरिनेछ । सकेसम्म राष्ट्रिय खेलकुद परिषद्ले छनोट प्रक्रिया र खेलाडीको सुविधाको अनुगमन गरोस् भन्ने मन्त्रालयको चाहना छ’, उनले भने।

पोखरा पर्यटकीय सहरसँगै खेलकुदको समेत सहर भएको बताउँदै उनले पोखराको आवश्यकताअनुसार खेलकुद पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्