Kathmandu Press

कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ।
कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

काठमाडाैं, असार ३ : नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो।

कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ।

बाढीपहिरो र डुबानबाट केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै कैयौँ व्यक्तिहरु घाइते भएका छन्। कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको छ। कांग्रेसले आज विज्ञप्तिमार्फत सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ।

कांग्रेसले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको छ। सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

प्रभावित जिल्लाका कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्‍याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न कांग्रेसले अपिल गरेको छ। 
 
प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्