Kathmandu Press

सदनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल  

आइतबार बसेको बैठकमा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि केही सांसदहरुले खर्च कटौतीको प्रस्तावसमेत राखेका थिए।
सदनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल  

काठमाडाैं, असार ३ : प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत आइतबार सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको छ।

आइतबार बसेको बैठकमा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि केही सांसदहरुले खर्च कटौतीको प्रस्तावसमेत राखेका थिए।

बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद कृष्णगोपाल श्रेष्ठले एमाले नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा सुरु गरेको कामलाई वर्तमान बजेटले उपेक्षा गरेको बताए। उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा निकै कम बजेट बिनियोजन गरेको भन्दै आमनागरिकको स्वास्थ्य सेवाको अधिकारलाई स्थापित गर्न समस्या हुने जिकिर गरे।

त्यस्तै सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा चालु खर्च घटाउन खोज्नु उचित नभएको बताउनुभयो। उहाले स्वास्थ्य बिमा कार्यक्रममा २५ प्रतिशत जनतामात्र सहभागी भएको भन्दै यसलाई सुधार गर्न अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रेम सुवालले मुलुकमा मेडिकल पर्यटन भित्राउनका राज्यले ढिलाई गर्न नहुने बताउनुभयो। स्वास्थ्य उपचारमा रोक्नु भनेको मानवता विरोधी अपराध भएकाले सवै नागरिकले सहज रुपमा स्वास्थ्योपचार गर्ने वातावरण बनाउनुपर्ने उहाको भनाइ छ।

त्यस्तै सांसद रामहरि खतिवडाले २०६४ सालपछि उपचारका लागि राज्यबाट सहयोग लिनेको सूची सार्वजनिक गरिनुपर्ने बताउनुभयो। त्यस्तै अन्य सांसदहरुले स्वास्थ्य प्रणाली राम्रो बन्न नसकेको नसकेका कारण अझै पनि जनताहरु सहज रुपमा स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको बताएका थिए।

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्