Kathmandu Press

क्रसर उद्योग सहज रुपमा नवीकरण गर्ने वातावरण बनाउन सरकारसँग माग

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योगको नवीकरण खुलाइ यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।
क्रसर उद्योग सहज रुपमा नवीकरण गर्ने वातावरण बनाउन सरकारसँग माग

काठमाडाैं, असार ३ : क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारसंग माग गरेका छन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योगको नवीकरण खुलाइ यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।

कर, दस्तुर, शुल्क लगाएतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताउनुभयो।

उहाले असार १५ गते भित्र पनि नविकरण गर्न मातहतका निकायहरुलाई लिखित निर्देशन नभएको खण्डमा असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्रि बितरण तथा उत्पादन कार्य ठप्प गरि अनिश्चितकालको लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

महासंघले कच्च पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँग जोडेर हेर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालय मार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्