Kathmandu Press

महानगरभित्रका हलमा भाेलिदेखि हिन्दी फिल्म नचलाउन बालेनकाे निर्देशन

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य नसिच्चएकाले मेयर बालेन्द्र (बालेन) शाहको निर्देशनमा सबैखाले हिन्दी फिल्मको प्रदर्शन रोकिने भएकाे हाे।
महानगरभित्रका हलमा भाेलिदेखि हिन्दी फिल्म नचलाउन बालेनकाे निर्देशन

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिभित्रका हलमा भाेलि (सोमबार) देखि हिन्दी फिल्मको प्रदर्शन रोकिने भएको छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य नसिच्चएकाले मेयर बालेन्द्र (बालेन) शाहको निर्देशनमा सबैखाले हिन्दी फिल्मको प्रदर्शन रोकिने भएकाे हाे।

मेयर शाहको सचिवालयका अनुसार नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिनेछ । साेमबारदेखि नगर प्रहरी काठमाडौं महानगरका ३२ वटा वडाभित्रका १७ वटै हलमा हिन्दी फिल्मकाे प्रदर्शन राेक्न सक्रिय रहनेछन्।

‘आदिपुरुष’काे ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए। उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन्। बालेनले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए।

फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशिरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भन्दै भ्रामक सन्देश छरेका छन्। त्यसकाे नेपालमा चाैतर्फी विराेध भइरहेकाे छ।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्