‘कोत पर्व’को विषयमा चलचित्र बन्ने
१९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेकोे उनले जानकारी दिए।
काठमाडाैं, असार ३ : चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन्।
१९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेकोे उनले जानकारी दिए। नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ।
'हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पुर्याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो,' निर्देशक अधिकारीले भने, 'यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु। यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।'
पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहेका छन्।












