यहाँ बत्ती अफ गरेर भारतमा विद्युत निर्यात गरेको होइनाैं : कुलमान घिसिङ
आज (आइतबार) पत्रकार सम्मेलन गर्दै उनले भने, ‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन। पिक टाइमबाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ।
काठमाडौं, असार ३ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन्।
आज (आइतबार) पत्रकार सम्मेलन गर्दै उनले भने, ‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन। पिक टाइमबाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ। निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ।’ नेपालमा खपत नभएको विद्युत मात्र निर्यात गरिएको उनले बताए।
धेरै सबस्टेसन र केही ट्रान्समिसन लाइनमा समस्या आएको उनले जानकारी दिए।
वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउनेजाने भइरहेको उनले बताए। तराई मधेसमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











