Kathmandu Press

‘सीता भारतकी छोरी हुन् भनेर भ्रमपूर्ण सन्देश दिन खोजिएकाले त्यसबारे सरकार स्पष्ट हुनुपर्छ’

‘भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशका रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ। हामी नेपालको एक इन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं। नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ।’
‘सीता भारतकी छोरी हुन् भनेर भ्रमपूर्ण सन्देश दिन खोजिएकाले त्यसबारे सरकार स्पष्ट हुनुपर्छ’

काठमाडौं, असार ३ : एमाले सांसद ठाकुरप्रसाद गैरेले भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत सीता भारतकी छोरी हुन् भनेर भ्रमपूर्ण सन्देश दिन खोजिरहेको बताउँदै त्यसबारे स्पष्ट हुन सरकारलाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले सिनेमा लेखकले अन्तरवार्तामार्फत नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाए।

‘अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सीता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन। त्यसका लेखकले अन्तरर्वार्तामार्फत नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अभिव्यक्ति दिइराखेका छन्,’ उनले भने, ‘नेपाल सरकार के गर्दैछ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो? नेपाल सरकार स्पष्ट हुनु जरुरी छ।’

बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलवस्तु र लुम्बीनीलाई आफ्नो सदनमा नक्सांकन गरेर अत्यन्तै गलत काम भइरहेको उनले बताए। ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन् भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारतले अहिले कपिलबस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्सांककन गरेर अत्यन्त गलत काम गरेको छ,’ उनले भने।

भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उनको भनाइ थियो। नेपालको एक इन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि उनले बताए ।  ‘नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाँही पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो? भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशका रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ। हामी नेपालको एक इन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौं। नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ।’

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्