Kathmandu Press

बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरिएको भन्दै एमालेकाे आपत्ति

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो।
बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरिएको भन्दै एमालेकाे आपत्ति

काठमाडाैं, असार ३ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्यटन मन्त्रालय अन्तर्गत विनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालय अन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो।

मन्त्रालयगत बजेटको छलफल सुरु हुनेबित्तिकै एमाले सचेतक महेश बर्तौलाले प्रदेशको नामांकरण भइसकेको अवस्थामा त्यसलाई संघीय संसदले अस्वीकार गरेर संख्याका आधारमा प्रदेशलाई उल्लेख गरिनु उचित नभएको बताए। उनले प्रदेशको नाम अंकमा लेखेको विषयलाई सुधार गरे मात्रै छलफल अघि बढ्ने बताएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रदेशको नाम अंकमा लेखेको विषयलाई भुलसुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

तर एमाले सांसदहरुले प्रदेशको नाम नै उल्लेख गरेर बजेट पुस्तिका आउनुपर्ने अन्यथा छलफल अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूची हटाएका थिए। त्यसपछि अन्य मन्त्रालयमाथिको बजेटमा छलफल भएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्