Kathmandu Press

मंकीपक्सको उपचारका लागि फोकल पर्सन ताेकिए १४ जना डाक्टर

मंकीपक्सको संक्रमित फेला पारेको भनी मन्त्रालयले शुक्रबार आधिकारिक जानकारी दिएको र आज देशभरका विभिन्न अस्पतालका लागि फोकल पर्सन तोकेको हो। यसको संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ।
मंकीपक्सको उपचारका लागि फोकल पर्सन ताेकिए १४ जना डाक्टर

काठमाडौं, असार ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको उपचारका लागि १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ। नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि मन्त्रालयले फोकल पर्सन तोकेको हो।

मंकीपक्सको संक्रमित फेला पारेको भनी मन्त्रालयले शुक्रबार आधिकारिक जानकारी दिएको र आज देशभरका विभिन्न अस्पतालका लागि फोकल पर्सन तोकेको हो। यसको संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोसी अस्पतालमा डा. सिबी झा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, वीरगन्ज अस्पतालमा अतुलेशकुमार चौरसियालाई फोकल पर्सन तोकिएको छ।

त्यस्तै, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालम डा. सर्वेन्द्र झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए। 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्